사이드바 영역으로 건너뛰기

गाउँ गाउँ बाट उठ

गाउँ गाउँ बाट उठ April 24th, 2006



अस्ती भन्दा हिजो, हिजो भन्दा आज र आज भन्दा भोली हुँदै जनसागर उर्लिंदै आइरहेको छ गणतान्त्रिक लोकतन्त्रको पक्षमा । राजा निदाइरहेका छन या निदाएको नाटक गरीरहेका छन थाहा छैन तर सरकारको चर्को नुन खाएका पहरेदारहरुभने रगतको होली खेल्नमा रमाइरहेका छन । बिनाहतीयार सान्तरुपमा हिंडेको जुलुसमाथी गोली र ग्याँसको बर्षा गराइरहेका छन । यिनै प्रहरीहरु हुन जो ससस्त्र रुपमा आएका माओबादीहरुसँग डराएर शुरुमै हतियार बुझाएर आत्मर्समर्पण गर्नेहरु र आज यिनीहरुनै हुन निशस्त्र हिंडेका जनतामाथी गोली चलाउने । हतीयार बोकेर आएका पचास जना माओबादी हरुसँग डराएर भाग्नेहरु अहिले एकलाख भन्दापनि बढीको मासमा ढुक्क भएर गोली चलाइरहेका छन । कती फरक छ हतियार हुनु र नहुनुमा ? सबैलाइ त नभनौं , केहि सुरक्षाकर्मीहरुले लोकतन्त्रको पक्षमा आफ्नो र्समर्थन रहेको भन्ने समाचार पनि आएको छ तर मासीक तलब पचाउनलाइ मात्र लोकतन्त्रको बिरुद्धमा गोली चलाउनु भन्दा त बरु महिनौ भोकै रहनु अथवा मागेर खानु नै उत्तम होला जस्तो लाग्छ देवदासलाई । चालु आन्दोलनका क्रममा खिचेको केहि दर्दनाक तस्वीहरुलाइ देवदासले संकलन गरेर भिडीयोको रुप दिएको छ यो भिडीयो ब्लगमा । तर हतार हतारमा गर्नेहुदा केही फोटाहरु दोहोरीन गएछन तर्सथ समयअभाबका कारण जस्ताको तस्तै छोडीदीएको छु । फोटाहरुको श्रोतको लागी भने , स्वतन्त्र समाचार सेवा, इन्सेक अनलाइन, चितवन डटकम, हिमाल खबर, परेवा डटकम, फलानो डटकम प्रती आभारी छु । गीत संगीत उही सरकारले प्रशारण गर्न बन्द गरेको नेपालको ऐतीहाँसीक चलचित्र वलीदान बाट हो ।

진보블로그 공감 버튼트위터로 리트윗하기페이스북에 공유하기딜리셔스에 북마크