사이드바 영역으로 건너뛰기

nepalise 2nd buddhase (ram bonjon)

 

     राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा नयां बुद्धको रुपमा चर्चाको विषय बनेको राम बोम्जनसंग सम्बन्धित भिडियो सीडी हंगकंगको नेपाली पसलहरुमा छ्यास छ्यासती पाउंन थालेको छ।

      बारास्थित चारकोसे झाडीको पीपलको रुखमुनि ६ महिनादेखि केही नखाईकन तपस्या गरिरहेका १५ बर्षीय किशोर (राम बोम्जन) ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको ध्यान तानिरहेकोछ। देश विदशेबाट हज्जारौं संख्यामा तपस्वीलाई हेर्न जानेहरुको भीड दिनहूं बढ्ने क्रम जारी छ।

  ६महिनासम्म केही नखाइकन तपस्या गरिरहेको यदि सांचो हो भने यसले आधुनिक विश्व चिकित्सामा नै नयां विषयको रुपमा चर्चा पाउंने विज्ञहरुको भनाई छ।



भिडीयो क्लिप हेर्न माथिको प्ले बटनमा क्लिक गर्नुहोला।

      अहिले चर्चाको शिखरमा रहेका तपस्वी राम बोम्जन सम्बन्धि भिडियो दृश्यहरु (वृत्तचित्र) यहां हंगकंगमा आइपुगेकोछ। वृत्तचित्र जस्तो लाग्ने उक्त भिसीडी कसले, कहिले र कुन प्रयोजनको लागि निर्माण गरिएको हो कुनै जानकारी उल्लेख छैन। अन्तर्वार्ताकार र क्यामेराम्यान निकै व्यवसायिक झैं लाग्ने उक्त भिसीडीको नाम र शीर्षक समेत उल्लेख गरिएको छैन।

     तपस्वीले तपस्या गरिरहेको ठाउंसम्म पुग्नु अघि मूल सडकदेखि छायांकन शुरु भएकोछ। बाटोमा भेटिएका भक्तजनहरुसंग पनि उनीहरुले अन्तर्वार्ता लिएकाछन्। त्यतिमात्र होइन राम बोम्जनका आमा मायादेवी बोम्जन र माइला दाजू दिलबहादुर लगायत समितिका अध्यक्षसंग पनि अन्तर्वार्ता लिएको देखाएकोछ वृत्तचित्रमा।

  वृत्तचित्रमा तपस्यारत राम बोम्जन ध्यानमा लीन भएर बसिरहेको पनि स्पस्ट देखाइएकोछ।

  पूरा व्यवस्थित तवरले छायांकन गरिएको उक्त भिसिडी हंगकंगको नेपाली पसलहरुमा भने बेनामे रुपले विक्री विरतरण भैरहेको छ।

उक्त भिडियो १ घण्टाभन्दा लामो भए पनि केही दृश्यहरुको झलकमात्र यहां समावेश गरिएकोछ।

진보블로그 공감 버튼트위터로 리트윗하기페이스북에 공유하기딜리셔스에 북마크